२४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिए, २०५० संक्रमण मुक्त

काठमाडौं, १० साउन । पछिल्लो २४ घण्टामा देशभर २२३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५६९ पीसीआर परीक्षणमा १५३९ र ३२६५ जनाको एन्टिजेन परीक्षणमा ६९८ जना गरी २२३७ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०५० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार २२८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here