उमेश श्रेष्ठको पक्षमा उद्योग शेखर गोल्छा र आनन्दराज वतासको ट्विट

काठमाडौं, ११ साउन । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको नियुक्तिमा चौतर्फी आलोचना भइरहेका बेलामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उनको पक्षमा ट्विट गरेका छन् ।

श्रेष्ठको नाम नलिइकन उनले निजीक्षेत्रका कुशल व्यवस्थापकले राज्य संयन्त्र पनि प्रभावकारीरुपमा सञ्चालन गर्न सक्ने बताएका छन् ।

राजश्व र रोजगारीको मुख्य माध्यम निजीक्षेत्र भएको उनले समृद्धिको ठूलो हिस्सेदार अपहेलित भइरहनु दुर्भागयपूर्ण रहेको पनि बताएका छन् । ‘अनुमानको भरमा पूर्वाग्रह राखेर निजीक्षेत्रको मानमपर्दन कहीँकतैबाट पनि हुनुहुँदैन,’ उनले भनेका छन् ।

त्यसै गरी बतास समूहका अध्यक्ष आनन्दराज बतासले पनि श्रेष्ठको नियुक्तिलाई समर्थन गर्दै ट्विट गरेका छन् यद्यपि उनले पनि नवनियुक्त राज्यमन्त्रीको नाम भने लिएका छैनन् ।

स्वार्थका बझान कुनै पनि क्षेत्रमा हुन नहुने तर यही बहानामा निजी क्षेत्रलाई राजनीतिमा निषेध गर्ने प्रचलन तोडिनु पर्ने उनको भनाइ छ ।

‘राजनीति गर्नेले व्यवसाय गर्दा वाहवाही पाउने तर व्यवसाय गर्नेले राजनीतिमा प्रवेश गर्नै नहुने?’ उनले प्रश्न गरेका छन् ।

त्यसै गरी अर्को ट्वीटमा बतासले भनेका छन्ः कानुनका विद्यार्थी, सफर व्यवसायी कानुन मन्त्री बन्नु र संघीय संसद शिक्षा, स्वास्थ्य, जलविद्युतका बहुप्रतिभाशालीी सफल उद्योगी व्यक्तित्व स्वास्थ्य राज्य मन्त्री बन्ननु सरकारको थप परिपक्वता र समाजवादको शुरुवात भएकोमा गर्व गरौं ।

मुलुक कोरोनाभाइरस महामारीको चपेटामै भए पनि स्वास्थ्य मन्त्रीको नियुक्ति नगर्दा आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चर्चित व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ लिटिल एञ्जेल्स स्कुल तथा क्याम्पस र अन्य विद्यालयहरुका मालिक हुन् भने लामो समय निजी विद्यालयहरुको संस्था प्याब्सन तथा उच्च माध्यामिक विद्यालयको संस्था हिसानका अध्यक्षसमेत रहिसकेका छन् ।

हालै मात्र उनले दुई अर्ब रुपैयाँभन्दा बढी स्वास्थ्य क्षेत्रमा लगानी गर्ने घोषणा गरेका थिए । उनको लगानी जलविद्युत, बैंकलगायत क्षेत्रमा पनि विस्तार भएको छ ।

यो पनि पढ्नुस्ः
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here