सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक

काठमाडौं । सिटी एक्सप्रेस रेमिटेन्स लगायत सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ ।

टण्डनकी आमा ८४ वर्षीया लाल माया टण्डनको शनिवार विहान वीर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो ।

लालमायाको ३ छोरा र ४ छोरी गरी ७ सन्तान रहेका छन् । उनको पार्थिव शरीरलाई शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

व्यावसायी चन्द्र टण्डन सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक, सिटी एक्सप्रेस फाइनान्सका अध्यक्ष लगायत विभिन्न व्यावसायीक संस्थामा आबद्ध रहेका छन् ।

नेपाल विद्युत प्राधिकरणका समेत पूर्व सञ्चालक रहिसकेका उनी सिटीजन्स बैंकका पूर्व सञ्चालक समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here