२.२६ अंकले बढ्यो नेप्से, ४० करोडको कारोबार

काठमाडौं, २ असार । केहि दिनयता लगातार घटिरहेको नेप्से परिसूचक सोमबार २.२६ अंकले बढेर १ हजार २ सय ६०.९० अंकमा पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा ०.२१ प्रतिशतले बढेको हो । कारोबारमा रहेका धेरै समुहहरुको परिसूचक बढे सङ्गै नेप्से बढेको हो ।

सोमबार सबैभन्दा बढि उत्पादनमुलक क्षेत्रको सूचकमा १.०५ प्रतिशतले वृद्धि भएको हो ।
विकास बैंक, जीवन बीमा र लघुवित्त कम्पनीको सूचक आजपनि घटेको छ ।

सोमबार ६ हजार १ सय ५६ कारोबारबाट १ सय ७३ वटा कम्पनीका १३ लाख ७३ हजार १ सय २० कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४० करोड ३५ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबार नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । बैंकको प्रतिकित्ता ३२४ रुपैयाँका दरले तीन करोड २९ लाख रुपैयाँको सेयर कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै शिवम् सिमेन्टकाे प्रतिकित्ता ६५६ रुपैयाँका दरले तीन करोड २२ लाख ७८ हजार ४८१ र प्रभू बैंककाे प्रतिकित्ता २६६ का दरले दुई करोड ३१ लाख २९ हजार २८१ रुपैयाँको कारोबार भयो ।

सोमबार अरुण भ्याली हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.७३ प्रतिशतले कमाए भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८ प्रतिशतले गुमाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here