सावधान ! प्रोटिन पाउडरले पार्न सक्छ स्वास्थ्यमा समस्या

प्रोटिनको कमीलाई पूर्ति गर्नको लागि डाइट सप्लिमेन्टको रुपमा आजभोलि धेरै मानिसहरुले प्रोटिन पाउडर प्रयोग गर्ने गर्छन् ।

शरीर सुगठित बनाउन चाहने युवाहरुले पनि प्रोटिन पाउडरको आफूखुसी प्रयोग गर्ने गर्छन् । तर, चिकीत्सक वा पोषणविदको सल्लाह बिना आफूखुसी प्रयोग गर्नाले फाईदा भन्दा धेरै बेफाइदा गर्न सक्छ ।

हालसालै भएको एक अध्ययनका अनुसार प्रोटिन पाउडरको धेरै प्रकारका साइड इफेक्ट रहेका छन् ।

विशेष गरी प्रोटिन पाउडरमा ब्रान्च चेन एमिनो एसिड (बीसीएए) धेरै मात्रामा हुने गर्दछ । जसले मांसपेशीको विकासमा महत्वपुर्ण काम गर्छ । तर यसको अत्याधिक प्रयोगले हाम्रो स्वास्थ्यमा हानी पुर्याउन सक्छ ।

युनिभर्सिटी अफ सिड्नी अन्तर्गत चाल्र्स पार्किन्स सेन्टरका अनुसन्धाकर्ताहरुले हालसालै गरेको एक अध्ययन नेचर मेटाबोलिज्म जर्नलमा प्रकाशीत भएको थियो ।

अध्ययनको निष्कर्ष अनुसार प्रोटिन पाउडरले हाम्रो स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने गर्दछ ।

प्रोटिन पाउडरको सेवनले हाम्रो स्वास्थ्यमा केही समयको लागि सकारात्मक प्रभाव पारे पनि कालान्तरमा यसले गम्भीर प्रकृतिका प्रभाव पार्ने अध्ययनको निश्कर्ष छ ।

अध्ययनले बीसीएएको कारण मानिसको औसत आयु समेत कम गर्ने निश्कर्ष निकालेका छ । यसका साथै पाउडरको सेवनको कारण मोटोपनको समस्यामा पनि वृद्धि हुने गर्दछ ।

अध्ययनमा संलग्न एक अनुसन्धानकर्ताले भने ‘सन्तुलीत भोजन खाएमा प्रयाप्त मात्रामा प्रोटिन प्राप्त हुने भएकाले यस्ता प्रकारका पाउडरहरु खाएर हुने जोखिमको सामना गर्नु पर्दैन् ।’

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here