पूर्व सभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ

फाइलफोटो

काठमाडौं, १२ साउन । पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई सदर गरिदिएको हो।

महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

त्यसपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिएका थिए, भने असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए ।

उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here