शेयर बजार ३१०० बिन्दुमाथी, २ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १३ साउन । साताको चौथो कारोबार दिन आज शेयर बजार खुलेसंगै नेप्सेले ३१०० बिन्दु पार गरेको छ । ११ः१० बजेसम्म नेप्से परिसूचक ३३.४९ अंकले बढेर ३११३.१४ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै उच्च अंक हो ।

अहिलेसम्म १७१ कम्पनीको ११ लाख ३८ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ४६ लाखको कारोबार भयो ।

दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा बहुउदेश्य फाइनान्स कम्पनी र नेपाल हाइड्रो रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here