नेपालमा सुरू भयो रोयल इन्फिल्ड मेटोर ३५० को बिक्री, मूल्य ६ लाख

काठमाडौं, १३ साउन । रोयल इन्फिल्डको नयाँ भेरियन्ट मेटोर ३५० बिक्री नेपालमा सुरु भएको छ । विवेक अटोमोवाइलले विक्री सुरु गरेको मेटोर ३५० विभिन्न तीन भेरियन्टमा नेपाल आएको हो ।

रोयल इन्फिल्डको ‘मोटरसाइकल अफ दि इयर २०२१’ अवार्ड जित्न सफल मोडल मेटोर ३५०विभिन्न ७ कलर भेरियन्टमा उपलब्ध रहेको छ ।

यस्तो छ विशेषता

मेटोर ३५० मा ३५० सिसी क्षमताको सिङ्गल सिलिन्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बिएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ । भारतीय प्रदूषण मापदण्ड बिएस ६ अनुसारको इन्जिनमा उपलब्ध हुने मेटोर ३५० मा ड्युल च्यानल एबिएस दिइएको छ ।

यस्तै मेटोर ३५० मा अलोय ह्विल, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, युएसबी चार्जर, पुल्ड ब्याक ह्यान्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमी–डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन कम्पनीले यसको अगाडि चक्कामा ट्विन पिस्टन फ्लोटिङ क्यालिपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिङ्गल पिस्टन फ्लोटिङ क्यालिपरको २७० एमएमको डिस्क दिएको छ ।

न्यूनतम् मूल्य ६ लाख

कम्पनीले ल्याएको मेटोर ३५० फायर वल भेरियन्टको मूल्य ६ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै स्टलर भेरियन्टको मूल्य ६ लाख १७ हजार र सुपरनोभा भेरियन्टको मूल्य ६ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here