थप ३८४० जनामा कोरोना पुष्टी, उपत्यकामा ८५९ जना थपिए

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा देशभर ३८४० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३८४० जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८८ हजार ३०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ । २९ हजार ४४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here