हवाई जहाजका ५ रमाइला तथ्य जसले तपाईलाई चकित पार्नसक्छ !

काठमाडौं । एक ठाउँबाट अर्को ठाउँमा सजिलै पुग्नको लागि आजभोलि हवाईयात्रा निकै प्रचलित छ । पछिल्लो केही समययता नेपालमा पनि हवाई जहाजको यात्राले स्थान पाईरहेको छ ।

हवाई जहाजमा केही रमाइला तथ्यहरु छन्, जसले तपाईंलाई अचम्मित पार्न सक्छ । यस्ता छन् हवाईजहाजका ५ रमाइला तथ्यः

हवाई जहाजको झ्याल किन गोलो हुन्छ ?

तपाईंले याद गर्नु भएको छ, हरेक हवाई जहाजको झ्याल किन गोलो हुन्छ । हवाई जहाजको झ्याल गोलो बनाउनु डिजाइन मात्रै होइन् । यसमा केही विशेष कारण पनि छन् ।

वर्गाकार वा अन्य आकारको झ्यालको तुलनामा गोलाकार झ्याल बलियो हुन्छ । गोलाकार झ्यालले अत्याधिक दवावलाई रोक्न सक्ने भएको कारण हवाइजहाजमा गोलो झ्याल राखिन्छ ।

किन विमानहरु सेतो रंगको हुन्छ ?

सेतो रंगको धेरै फाइदाहरू छन् । सेतो रंग गर्मी प्रतिबिम्बित हुने भएको कारण पनि सेतो रंग एयरलाइन्स पहिलो रोजाई बन्ने गर्छ ।

यसको अलवा सेतो रंगले हवाई जहाजमा कुनै समस्या छ भने सजिलै पत्ता लगाउन सकिन्छ । त्यसकारण सेतो रंगको प्रयोग गरिन्छ ।

किन अधिकांश हवाई जहाजको सिट निलो हुन्छ ?

प्राय हवाई जहाजमा निलोरंगका सिटहरू हुन्छन् । यसको विशेष कारण पनि छ । यसको एउटा कारण निलो रंग शान्तिको प्रतिक मानिने गर्दछ, जसको कारण उडानको बारेमा चिन्तित व्यक्तिहरूले राहत महशुस गर्छन् भन्ने मान्यता राखिन्छ ।

त्यस्तै, नीलो रंग सफा गर्न सजिलो हुने भएको कारण पनि सिट निलो रंगको प्रयोग गरिन्छ ।

कति जनसंख्याले गर्छन् हवाई जहाज यात्रा ?

के तपाईंले कहिल्यै सोच्नुभएको छ विश्वका कति मानिसले हवाई जहाजमा यात्रा गर्छन् ? उड्डयन क्षेत्रको द्रुत बृद्धिलाई हेर्दा हवाई जहाजमा यात्रा गर्ने मानिसको संख्या उच्च उच्च हुनुपर्ने हो तथापि वास्तविक तथ्याङ्कले विश्व जनसंख्याको केवल ५ प्रतिशतले मात्रै हवाइ यात्रा गर्छन् ।

अविकसित देशहरूका अधिकांश जनसंख्या अपवादमा मात्रै विमान प्रयोग गर्छन् । विश्व जनसंख्याको सोनो समूह मात्रै निरन्तर हवाइ यात्रा गर्छन् ।

के ब्ल्याक बक्स साच्चै कालो छ ?

उड्डयन संसारमा धेरै प्रख्यात उडान डेटा रेकर्डरलाई ब्ल्याक बक्सको रूपमा चिनिन्छ । या कालो भन्दापजि चम्किलो सुन्तला रंगको हुन्छ । यद्यपि यी डाटा रेकर्ड बक्सहरू केही तत्वका कारण चम्किलो सुन्तला रंगको हुन्छन् ।

चम्किलो सुन्तला रंगको ब्ल्याक बक्स तातो प्रतिरोधी हुन्छन् र दुर्घटनाको दृश्यमा पनि सजिलै पत्ता लगाउन सकिन्छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here