२.२३ अंकले घट्यो नेप्से, ३६ करोडको कारोबार

काठमाडौं, ३ असार । सोमबार केही सुधार देखिएको नेप्से परिसूचक मंगलबार २.२३ अंकले घटेर १ हजार २ सय ५८.६६ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशत कम हो ।

कारोबार भएका मध्ये बैकिङ्ग, विकास बैंक र लघुवित्त समुहको बाहेक अन्य सबै समुहहरुको परिसूचक घटेकाले समग्र नेप्से परिसुचक नै घटेको हो ।

मंगलबार ५ हजार ४ सय ७ काराेबारबाट १ सय ७७ कम्पनीका १२ लाख २६ हजार ६ सय ८६ कित्ता सेयर किनबेच भए ।

ती किनबेचबाट ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here