प्रधानसेनापति थापा ७ दिने चीन भ्रमणमा

काठमाडौं, ३ असार । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा ७ दिने चीन भ्रमणमा गएका छन् ।

चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा थापा असार ०१ आइतबार चीन गएका हुन् ।

सप्ताहव्यापी औपचारिक भ्रमणको क्रममा मित्रराष्ट्र चीनको चेंगदू दुजिअङ्यन सिटीमा रहेका प्रधानसेनापति थापाले सोमबार वेस्टर्न थिएटर कमान्डर गेन ज्हओ जोङ्कि सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

सोमबार नै उनले दुजिअङ्यन सिटी स्थित विभिन्‍न पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका थिए ।

भ्रमणकै सिलसिलामा आज प्रधानसेनापति थापा चेंगदू बाट बेईजिङ पुग्ने र बेईजिङ स्थित नेपाली राजदूतावासले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

‌औपचारिक भ्रमण समाप्त गरी उनी असार ०७ गते शनिवार काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here