माओवादी नै रहेको दाबी गर्दै एमालेका नेताले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, १४ साउन । सांसद पुनर्बहालीको माग गर्दै माओवादीका चार पूर्वसांसदले दिएको निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइनेमा परेको हो।

नेकपा (एमाले) प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए।

आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here