सर्वोत्तमको शेयर प्रकरण : नेप्सेका सीईओ साउदलाई अर्थले सोध्यो स्पष्टीकरण

काठमाडौं, १५ साउन । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदलाई तीन दिने स्पष्टीकरण सोधेको छ ।

सर्वोत्तम सिमेन्टको सेयर भित्रि रुपमा श्रीमतीको नाममा किनेको समाचार बाहिरिएपछि मन्त्रालयले साउदलाई स्पष्टीकरण सोधेको हो । साउदले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सेयर भित्रि रुपमा श्रीमतीको नाममा किनेको समाचार बाहिरिएको थियो ।

मन्त्रालयले त्यो विषयमा सत्य तथ्य के हो ? त्यसको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here