साताको शेयर बजार: परिसूचक ३०७९ विन्दुमा, ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडौं, १५ साउन । धितोपत्र बजारमा यस साता ६७ अर्ब बढीको कारोबार भएको छ ।

यो साता दुई सय २५ वटा कम्पनीहरुको ६ लाख ६३ हजार ६ सय पटकको कारोबारमा १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता शेयर-खरिद बिक्री भएको छ ।

कुल कारोबार ६७ अर्ब ७४ करोड ६ लाख ३९ हजार १४५ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा २५ अर्ब रुपैयाँले बढी हो । गत साता ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार ९८५ रुपैयाँको कारोबार भएको थियो ।

गत साता भने नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको चार लाख २३ हजार तीन सय ३१ पटकको कारोवारमा १५ करोड ४० लाख छ हजार सात सय दुई कित्ता शेयर-खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सूचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पूनर्बीमा कम्पनी, अरुण कावेली पावर लिमिटेड आदी परेका छन् ।

संख्याको आधारमा संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदी अगाडि परेका छन् ।

शेयर सूचीकरणतर्फ भने यो साता आईएमई जनरल इन्स्योरेन्स कम्पनी, सेन्ट्रल फाईनान्स, नेपाल हाईड्रो डेभलपर लिमिटेड र जीवन बिकास लघुबित्त बित्तीय संस्था सहितका चार वटा कम्पनीहरुको बोनस तथा साधारण शेयर सूचीकृत भएको छ ।

बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदी परेका छन् ।

यो साता नेप्से ३०७९ दसमलव ८३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७९ दसमलव ८५ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here