दुई दिनमै मैलुङ खोलाको आइपीओमा २२ गुणा बढी आवेदन

काठमाडौं, १५ साउन । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण शेयर (आइपीओ)मा आवेदनको आइरो लागेको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलका अनुसार आज (दोस्रो दिन) दिउँसो साढे २ बजेसम्म १० लाख ८१ हजार ८०० जनाले १ करोड ४७ लाख ६० हजार १०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा करिब २२ गुणा बढी हो ।

कम्पनीले बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारी र ५ प्रतिशत हुने ३६ हजार ८१४ कित्ता शे यर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यस अघिनै आयोजना प्रवाभित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ बिक्री गरिसकेको छ ।

यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यालाई आधार मान्ने हो भने मैलुङ खोलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ ।

यस कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता सेयर मात्र निष्कासन गर्न लागेको छ । यसआधारमा, न्यूनतम १० कित्ताले बाँडफाँट गर्दा पनि ६८ हजार ४७४ जना लगानीकर्ताले मात्र शेयर पाउनेछन् ।

यद्दपि, पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या भने २० लाख भन्दा बढी पुग्न थालेको छ । यसआधारमा मैलुङ खोलाको १० कित्ता शेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिन्छ । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।

मैलुङको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०५९ साउन ७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको थियो । २०७१ भदौ ६ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएर कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०६० चैत ३ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २०९४ चैत मसान्तसम्म बाहल रहनेछ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले रसुवा जिल्लामा वहने मैलुङ खोलाको पानी उपयोग गरी ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here