स्मार्ट लकडाउन जान सीसीएमसीलाई सिफारिस, जोखिमलाई वर्गीकरण गर्न प्रस्ताव

काठमाडौं, १५ साउन । स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बेलुका सिंहदरबारमा बसेको सीसीएमसीको निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले स्मार्ट लकडाउनको अवधारणा केन्द्रले निर्देशक समितिमा पेश गरेको जानकारी दिए।

जोखिमका आधारमा सबैभन्दा धेरै जोखिम क्षेत्रलाई रेड, त्यसपछि एम्बर, एल्लो र ग्रिन जोनमा वर्गीकरण गरेर सोही अनुसारको लकडाउन गर्न सकिने प्रस्ताव पेश गरेको बताए ।

बैठकमा पेश गरिएको अवधारणा अध्ययन पछि आगामी बैठकले स्वीकृत गर्ने र संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने तयारी भएको छ ।

सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप प्रमाणीकरण कार्ड क्यूआर कोडमा लागू गर्न निर्देशन दिएका छन् । कतिपय मुलुकले कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले प्रम देउवाले क्यूआर कोड लागू गर्न भनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here