युनियन लाइफको आइपीओ शेयर धनीको खातामा,कारोबार कहिलेबाट ?

काठमाडौं, १६ साउन । युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) डिम्याट खातामा आएको छ । सिडीएससी शुक्रबारदेखि लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो ।

कम्पनीले ULI सिम्बोल पाएको छ । कम्पनीको शेयर डिम्याट खातामा आएपछि नेप्से र कम्पनीबीच सूचीकरण सम्बन्धी सम्झौता हुनेछ।

हाल कम्पनीको उक्त आइपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

कम्पनीले असार २४ गतेदेखिदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता र ५८ लाख ५ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here