‘भ्वाइस अफ नेपाल—२’मा फेरिए दुई कोच, कसको ठाउँमा को आए ?

काठमाडौं, ३ असार । सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल —२’ले दुईजना कोच परिवर्तन गरेको छ ।

पहिलो सिजनमा कोचको रुपमा रहेका अभया सुब्बा र सनुप पौड्यलको ठाउँमा आस्था राउत र राजु लामालाई परिवर्तन गरेको हो ।

पहिलो सिजनका चार कोच मध्ये प्रमोद खरेल र दिप श्रेष्ठ भने दोस्रो सिजनमा पनि यथावत रहेको आयोजकले बताएको छ ।

सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरी आयोजकले यस विषयको जानकारी दिएको हो ।

त्यस्तै गत सिजन कान्तिपुर टिभीबाट प्रशारण भएको शो यो सिजनबाट भने हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ ।

दर्शकहरुको माग र चाहना अनुसार यसपटक शोमा विभिन्न परिवर्तनहरु गरेको समेत आयोजकले बताएको छ ।

साउनको पहिलो साताबाट सुरु हुने कार्यक्रम शुक्रबार र शनिबार बेलुकी ८ प्रशारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here