सिन्धुपाल्चोकमा फेरि विपद्, बाढीले रेडियो मेलम्ची र प्रहरी चौकीको भवन बगायो

फाइलफोटो

सिन्धुपाल्चोक, १७ साउन । शनिबार राती आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ ।

राती साढे १२ बजे आएको भीषण बाढीले रेडियो मेलम्ची र तालामाराङ प्रहरी चौकीको भान्छा घरको भवन बगाएको प्रहरीले जनाएको छ ।

बेलुका एक्कासि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो ।

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको छ। मध्यराती आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here