सामान्य अवस्थामा फर्किंदै गरेका सिन्धुपाल्चोक बाढी पीडितलाई फेरि विपद् (फोटोफिचर)

काठमाडौं, १७ साउन । सामान्य अवस्थामा फर्किंदै गरेका सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई फेरि अर्को विपद् परेको छ ।

शनिबारराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।

बाढीले रेडियो मेलम्चीको भवन र तालामाराङ प्रहरी चौकीको भान्छा घरको भवन बगाएको प्रहरीले जनाएको छ ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

बाढीले आइतबार बिहान हेलम्बु गाउँपालिका–३ चनौटे बजारमा रहेको रातोपुल बगाएको छ । उक्त पुल बगाउँदा सिन्धुपाल्चोकको तीन पालिकाका ७ वडामा सडक सञ्जाल पूर्ण रुपमा टुटेको छ ।

स्थानीय समीर चन्दले दिएको जानकारी अनुसार रातोपुल बगाएसँगै हेलम्बु गाउँपालिकाको वडा नं १, २ ३ को सडक सञ्जाल पूर्ण रुपमा टुटेको छ ।

त्यसैगरी मेलम्ची नगरपालिका ७ र ८ नम्बर वडा पुग्ने बाटो पनि बन्द भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १ र २ गरी ७ वटा वडाहरूमा सडक सम्पर्क पूर्ण रूपमा टुटेको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सामाजिक सञ्जाल मार्फत बाढीले मेलम्ची गरेको भयानक क्षतिको तस्विर सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here