जीवन विकास लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १७ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइतबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगै लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ९८.९० रुपैयाँले बढेर १०८८ पुगेको छ ।

लघुवित्तको शेयर कारोबार बिहीबारबाट सुरु भएको थियो । लघुवित्तले पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा सूरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here