मनकामना स्मार्ट लघुवित्तको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १७ साउन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर (आइपीओ) सूचीकृत भएको छ ।

कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा संस्थापक ८ लाख २२ हजार ५०० कित्ता र साधरण ३ लाख ८९ हजार गरी कुल १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत गरेको हो ।

यससँगै सोमबारदेखि लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । लघुवित्तको पहिलो कारोबारका लागि नेप्सले ११०.८४ रुपैयाँदेखि ३३२.५२ रुपैयाँ ओपनरेञ्ज तोकेको छ । यसकै बीचमा रहेर लघुवित्तको शेयर कारोबार शुरु हुनेछ ।

लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले MKLB संकेत चिह्न प्रदान गरेको छ । लघुवित्तले असार १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here