थप २५६८ जनामा कोरोना पुष्टी, २०२० जना संक्रमण मुक्त

काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा देशभर २५६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०२० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार २९८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here