यी हुन् नेपाली बजारमा पाइने सस्ता मोटरसाइकल, मूल्य २ लाखभन्दा कम

काठमाडौं । मोटरसाइकल अहिले आममानिसको अत्यावशेक साधन बनिसकेको छ । बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् । तिनका विभिन्न मोडलहरू छन् र विभिन्न मूल्य क्षेत्र पनि ।

हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ । तर, मुख्य आकर्षणमा र बढी बिक्री हुने गरेका भने मिड रेन्ज अर्थात् २ देखि ३ लाख सम्मको नै हो ।

नेपाली बजारमा यस्ता मोटरसाइकल पनि उपलब्ध छन् जसको मूल्य २ लाख भन्दा पनि कम छ । अझ यी मोटरसाइकलको मुख्य आकर्षण भनेको माइलेज नै हो । त्यस्तै राम्रो पर्फमेन्स सहितको अत्याधिक माइलेज दिने, टिकाउ र २ लाख भन्दा कम मूल्यका केही लोकप्रिय मोटरसाइकल यस प्रकार छन् ।

टिभिएस रेडिअन ११०

भारतको चेन्नाइमा रहेको टिभिएस मोटर कम्पनी लिमिटेड भारतकै दोस्रो विशाल दुई पाङ्ग्रे निर्यातकर्ता हो, जसले ६० भन्दा बढी देशहरूमा मोटरसाइकल निर्यात गर्ने गरेको छ ।

नेपालमा भने आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस कम्पनीका १ लाख ६२ हजारदेखि ८ लाख सम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । १ लाख ८७ हजार पर्ने टिभिएस रेडिअन ११० नेपालमा लोकप्रिय भएको मोटरसाइकल हो ।

१ सय १० सीसीको १० लिटर पेट्रोल क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ७३ किलोमिटर माइलेज दिन्छ ।

हिरो एचएफ डिलक्स

भारतीय बहुराष्ट्रिय मोटरसाइकल कम्पनी हिरो मोटरकर्प लिमिटेड विश्वकै विशाल दुई पाङ्ग्रे उत्पादक हो । नेपाल जेनेरल मार्केटिङले नेपाली बजारमा हिरोका १ लाख ६७ हजारदेखि ३ लाख ९१ हजार सम्मका मोटरसाइकल बिक्री गर्दै आएको छ । जसमध्ये हिरो एचएफ डिलक्स पनि एक हो ।

हिरो एचएफ डिलक्स हिरोको सस्तो प्रोडक्टमध्ये एक हो । यो मोटरसाइकलको मुल्य नेपाली बजारमा १ लाख ६७ हजार तोकिएको छ । १० लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रतिलिटर करीब ६५ किलोमिटर माइलेज दिने बताइएको छ ।

हिरो स्प्लेन्डर प्लस

हिरो स्प्लेन्डर प्लसको नेपाली बजारमा १ लाख ७८ हजार रुपैयाँ मोल तोकिएको छ । यस मोटरसाइकलमा सेल्फ स्टार्ट र डिजिटल सीडीआई प्रविधि पनि रहेको छ । साथै ११ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ७० किलोमिटर माइलेज दिने बताइएको छ ।

हिरो आइस्मार्ट ११०

हिरो आइस्मार्ट ११० को मुल्य नेपाली बजारमा १ लाख ८३ हजार ५ सय तोकिएको छ । यस मोटरसाइकलको अगाडिको टायरमा १ सय ३० एमएम र पछाडिको टायरमा १ सय १० एमएमको ड्रम ब्रेक रहेको छ । साथै ८.५ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ९२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

बजाज प्लाटिना

भारतीय बहुराष्ट्रिय कम्पनी बजाज भारतीय मुलको विश्वकै तेस्रो विशाल दुई पाङ्ग्रे उत्पादक हो । नेपालमा भने आधिकारिक बिक्रेता एचएच बजाजले १ लाख ८३ हजारदेखि ५ लाख ७४ हजार ९ सय सम्मको मोटरसाइकल बिक्री गर्दै आएको छ ।

बजान प्लाटिनाको मूल्य १ लाख ८२ हजार ९ सय रुपैयाँ रहेको छ । उनका अनुसार १०.५ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ७० किलोमिटर माइलेज दिन्छ ।

रनर रोयल प्लस

बङ्गलादेशको मोटरसाइकल उत्पादक रनर अटोमोबाइल्स कम्पनीको नेपालमा रमण मोटर्स प्रालिले आधिकाररिक बिक्रेता रहेको छ । नेपाली बजारमा रनरका १ लाख ८९ हजार देखि ३ लाख ९९ हजार सम्मका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये १ लाख ८९ हजार रुपैयाँ पर्ने रनर रोयल प्लस पनि हो ।

११० सीसीको १० लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ५५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

रनर बुलेट

रनर बुलेट मोटरसाइकलको मुल्य १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । १ सय २४ सीसीको १२ लिटर पेट्रोल ट्याङ्क क्षमता भएको यस मोटरसाइकलले प्रति लिटर करीब ५० किलोमिटर माइलेज दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here