यूनियन लाइफको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १७ साउन । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ ।

यूनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेको छ ।

यो कम्पनीलाई नेप्सेले यूएलआई कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।

युनियन लाइफको आईपीओ गत असार ३१ गते बाँडफाँड गरिएको थियो। यो कम्पनीले गत असार २४ गतेदेखि असार २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले प्रभु क्यापिटललाई आगामी दुई वर्षको लागि २०७८ साउन १ देखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here