ग्लोबल आइएमई लघुवित्तको नाफा २८३.९ प्रतिशत बढ्यो

काठमाडौं, १८ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार को खुद नाफा २८३.०८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ९४ लाख रहेकोमा गत वर्ष खुद नाफा बढेर २२ करोड ७६ लाख पुगेको छ ।

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २८३.०९ प्रतिशतले धेरै हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशतले बढेर ४५ करोड ३१ लाख पुगेको छ ।

कम्पनीको सापटी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड पुगेको छ भने ७७.४८ प्रतिशतले बढेर ६ अर्ब १६ करोड रहेको छ। त्यस्तै कम्पनीको निक्षेप ६२.३५ प्रतिशतले बढेर २ अर्ब १३ करोड पुगेको छ ।

अघिल्लो रिपोर्टमा कम्पनीले ११ करोड प्रोभिजन गरेकोमा कम्पनीको नाफा घटेको देखिएको थियो । प्रोभिजन राइट ब्याक भएसंगै कम्पनीको कम्पनीको खुद नाफामा ठूलो वृद्धि देखिएको हो ।

संस्थाकाे चुक्ता पूँजी ३०.४७ प्रतिशतले बढेर ४३ करोड १७ लाख १० हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे जगेडा कोष पनि ३९०.४३ प्रतिशतले बढेर ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ पुगेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ २ पैसा पुगेकाे छ । संस्थाकाे प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here