कति मूल्यमा सुरु भयो मनकामना स्मार्ट लघुवित्त र यूनियन लाइफको पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुचारु भएको छ । आइतबार नेप्सेमा शेयर सुचिकृत भएसंगै कम्पनीको आज सोमबारबाट कारोबार सुरु भएको हो ।

युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा भएको छ ।स्पेसल प्रि ओपन सेसनमा कम्पनीको ३४२ रुपैयाँमा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको रेन्ज तोकेको थियो ।

मनकामना स्मार्ट लघुवित्तको भने आज कारोबार भएँन । स्पेसल प्रि ओपन सेसनको कारोबारमा कम्पनीको कुनै पनि अर्डर म्याच नभएपछि कम्पनीको कारोबार हुन नसकेको हो । यस संगै अब आज कम्पनीको नियमित समयमा कारोबार हुने छैन ।

मंगलबारको प्रि ओपन सेसनमा कारोबार भई सुरुवाती मूल्य तय भएपछि मात्र कम्पनीको नियमित कारोबार सुरु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसा देखि ३०२ रुपैयाँ ५२ पैसा सम्मको रेन्ज तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here