सुनको मुल्य घट्ने क्रम जारी, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १८ साउन । सोमबार पनि सुनको मूल्य घट्ने क्रम जारी नै रह्यो । आज सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको हो ।

आइतबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य सोमबार १ सयले घटेर प्रतितोला ९२ हजार ३०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ ।

सोमबार चाँदीको मुल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here