स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सोमबार राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here