यात्रामा निस्कदै हुनुहुन्छ ? होटेलबारे जान्नै पर्ने १२ टिप्स

यात्रालाई अविश्मरणीय बनाउन होटेल र त्यसमा पाइने सुविधा महत्वपूर्ण पाटो हो । दिनभरको भ्रमणले थालेको ज्यानलाई आराम दिन र घरको वातावरणभन्दा केही फरक महसुश गराउन होटेल सफल हुनुपर्छ । त्यसकारण यसलाई आतिथ्य उद्योग मानिन्छ । आज हामी यात्राका दौरान होटेल छान्दा जान्नै पर्ने केही जरुरी उपायबारे चर्चा गर्नेछौं । यी उपाय तपाई देश भित्र या बाहिर जहाज जाँदा पनि काम लाग्न सक्छ :

# तपाई होटेलको अनलाईन बुक गर्दै हुनुहुन्छ भने यस होटेलको सेवा सुविधासँग सोही स्थानमा रहेका अन्य होटेलको सुविधाका बारे पनि सोधखोज र तुलना गर्नुहोस ।

# होटेलमा चेक इन गर्दा लन्च र डिनरका सम्बन्धमा राम्रोसँग बुझ्नुहोस । किनकी ठूला र राम्रा होटेलमा कोठाभन्दा बढी लन्च र डिनरको मूल्य पर्न जान्छ । यस अवस्थामा तपाईले कोठा मात्र बुक गरी खाना बाहिर रेष्टुराँमा गएर खान सक्नु हुन्छ । यसो गर्दा होेटलवाला तपाईसँग रिसाउँदैनन् ।

# होटेलका कोठा, त्यसमा प्रयोग भएका लत्ताकपडा र सरसफाई राम्रोसँग हेरेर मात्र बुक गर्नुपर्छ । साँघुरो कोठा, धेरै लामो समयसम्म प्रयोग नभएको कोठा छ भने अझ समस्या आउन सक्छ । वाथरुम, त्यहा राखिने सरसामानको सुविधाबारे पनि बुक अगाडी नै निश्चित गर्नुहोस ।

# बिहानै उठेर चिया पिउने बानी छ भने होटेलहरुले कोठामै आफै चिया बनाउन सक्ने गरी सुविधा राखिदिएका हुन्छन् । यसको मूल्य होटेलको कोठाकै मूल्यमा जोडिएको हुन्छ । यदि त्यस्तो व्यवस्था छैन भने तपाईले छुट्टै चिया या नास्ता मगाउनुपर्दा अतिरिक्त मूल्य लाग्न सक्छ । त्यसको निश्चित गरेर मात्र बुक गर्नुहोस ।

#राम्रो होेटलहरुमा मिनी बार र फ्रिजमा खाद्य तथा पेय पदार्थको सुविधा हुन्छ । तर, यो तपाईले जति खान सक्नु हुन्छ, खानुस भनेर राखिएको होइन । त्यहाँ राखिएका खाद्य पदार्थ खाएपछि त्यसको अतिरिक्त मूल्य तिर्नुपर्छ । त्यसमा निश्चित भएर मात्र प्रयोग गर्नुहोस । नत्र नखानुहोस ।

# कुनै कुनै होटेलले बाथरुममा प्रयोग गरिन सामानको पनि अतिरिक्त मूल्य लिने गर्छन् । त्यसो हो भने आफ्नो व्यवस्था तपाई आफै पनि गर्न सक्नुहुन्छ ।

# होटेलमा बाहिरी कारणले कुनै समस्या छ, होहल्ला र सुविधाम बाधा आएको छ, बिना कुनै हिच्किचावट गुनासो गर्न नडराउनुहोस । किनकी त्यो होटेलमा तपाईले पैसा तिरेर बसेको हो ।

#तपाई साँझ अबेर आउनु पर्नेछ या बिहान छिटो उठ्नुपर्ने छ, त्यसको जानकारी होटेललाई अनिवार्य गराउनुहोस । किनकी उनीहरु त्यही अनुसार तपाईलाई सुविधा प्रदान गर्न तपाई हुन्छ ।

# तपाई होटेलमा बसुन्जेल तपाईका सरसामानको जिम्मा होटेलले लिन्छ । होटेलका कारण सामान हरायो अथवा टुटफूट भयो भन त्यसको गुनासो पनि गर्न सक्नुहुन्छ । तर, तपाई चेकआउट भएपछि भने तपाईका कुनै पनि सामानको जिम्मेवार होटेल हुदैन । त्यसकारण होटेलमा आफू कसरी सचेत हुने भन्नेमा चनाखो रहनुहोस ।

# होटेलबाट बाहिर निस्कदै हुनुहुन्छ ? त्यस अवस्थामा चाबी या कार्ड होटेलमै छाडेर जानुहोस । बाहिर जाँदा हरायो भने त्यसको अतिरिक्त चार्ज लाग्न सक्छ ।

# होटेलमा पौडी, जीम, मसाजजस्ता विविध सुविधा हुन्छन् । ती मध्ये कतिपय कोठाकै मूल्यमा समावेश हुनछन् भने कतिपय अतिरिक्त मूल्य लाग्ने हुन्छन् । त्यो बुझेर मात्र यस्तो सुविधा लिने बानी गर्नुहोस ।

# कतिपय होटेलले कोठामा धुम्रपान, मद्यमान निषेध गरेका हुन्छन् । त्यसको जानकारी लिएर मात्र यी वस्तुको प्रयोग गर्नुहोस । भनिन्छ नी अन्जानमा भएको गल्तीलाई पनि कानूनले छूट दिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here