लघुवित्तको शेयरमा लगानीकर्ताको आर्कषण, ११ अर्बको कारोबार

काठमाडौं, १८ साउन । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४.०६ अंकलले बढेर ३०८५.०७ अंकमा पुगेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स ०.३० अंकले बढेर ५७२.४६ अंकमा पुगेको छ ।

आज लघुवित्तको शेयरमा लगानीकर्ता आर्कषित भए । लघुवित्तको सूचक २.२२ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्टको १.७० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक १.४९ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको १.२५ प्रतिशत घट्यो । सोमबार २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोडको कारोबार भयो ।

आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा घलेम्दी हाइड्रोपावर र गुँरास लघुवित्त रहेका छन् । घलेम्दीको शेयर मूल्य १० प्रतिशत बढ्यो भने गुँरास लघुवित्तको ९.९८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.३३ प्रतिशत घट्यो । त्यस्तै, यूनाईडेड एमआइडी मार्दीको शेयर मूल्य ५.०७ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरले गर्यो । कम्पनीले ३७ करोड ७५ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here