लक्ष्मी लघुवित्त वित्तीयको खुद नाफा तीन गुणा बढ्यो

काठमाडौं, १९ साउन । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खुद नाफा तीन गुणाले बढेको छ ।

लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आवको सोही अवधिको तुलानामा १९६.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चैथो त्रैमाससम्म लघुवित्तले ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.२७ प्रतिशतले बढेर ५० करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ६ करोड निक्षेप संकलन र ३ अर्ब ७० करोड सापटी लिइ कुल ६ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ । हाल ३२ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३६ करोड ४३ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी तीन गुणाले बढेर २०.३९ रुपैयाँबाट ६०.३६ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने २.२६ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१३.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.९४ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here