चोरीका २३ मोटरसाइकल सवारीधनीलाई जिम्मा

काठमाडौं, १९ साउन । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाइकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एव भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ ।

उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तर रूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हाँसिल गर्दै आएको छ ।

आजमात्रै विभिन्न मितिमा हराएका २३ वटा मोटरसाईकल आज एक कार्यक्रमकावीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए ।

उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here