सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, कति भर्ने ?

काठमाडौं, २० साउन । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबार कार्यालय समयदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्री खुला गर्ने लागेको हो ।

जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।

उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

आवेदकले यस आइपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आइपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here