‘आर्थिक विकास र रोजगारीको अवसर सिर्जना गर्न सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्ण’- डा. पौडेल

काठमाडौ, १९ साउन । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

यो क्षेत्रवाट बर्षेनी अरवौंको राजस्व प्राप्त हुने मात्र नभई लाखौको संख्यामा रोजगारीको अवसर समेत सृजना हुने भएकोले मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रमा भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र विस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताउनुभयो । सुनचाँदी क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेसगरी त्यसलाई ब्यवहारमा कार्यान्वयनमा ल्याउन सके यो क्षेत्रवाट अरुबढी लाभ लिन सकिने उनको भनाई छ ।

मौलिक गरगहनाको संरक्षण र प्रवद्र्धन, खानी उत्खनन्, निर्यात प्रवद्र्धन जस्ता बिषयलाई आयोगले महत्वका साथ हेर्ने प्रतिवद्धता पनि त्यसक्रममा व्यक्त गरे ।

उपाध्यक्ष पौडेलसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराए ।

उनले यो ब्यवसायको विकास र विस्तारकालागि राज्यले अवलम्वन गर्नुपर्ने नीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसवाट ब्यवसाय सञ्चालनमा समस्या सृजना भएको उनको भनाई छ ।

उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here