काठमाडौं, २० साउन । यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कारोबारमा आएको तेस्रो दिन आज ११ः५५ मिनेट जादाँ इन्स्योरेन्सको शेयर मूल्य ९.८२ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेसंगै इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ३९.२० रुपैयाँ बढेर ४३८.२० रुपैयाँ पुगेको छ ।
सोमबारबाट कारोबारमा आएको युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा सुरु भएको थियो