काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य (अंकित मूल्यमा थप मूल्य जोडेर) प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य जोडर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो ।
आइपीओ जारी गर्न कम्पनीले यसअघि नै सिभिल मार्केट क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।