चीनले अनलाइन गेमलाई ‘इलेक्ट्रोनिक ड्रग्स’ भनेसंगै गेमिङ कम्पनीलाई अबौं डलरको घाटा

काठमाडौं । एक चिनियाँ सरकारी मिडिया आउटलेटले अनलाइन गेमको आलोचना गर्दै उनीहरुलाई ‘इलेक्ट्रोनिक ड्रग्स’ भन्दै एक रिपोर्ट सार्वजनिक गरेको छ ।

यस खबरले चीनमा ठूलो प्रभाव पारेको छ । यो रिपोर्ट सार्वजनिक भएसंगै चीनको दुई ठूला गेमिंग कम्पनी टेनसेन्ट र नेटकेशको शेयर दश प्रतिशतसम्म घट्यो । जसको कारण यी कम्पनीलाई अबौं डलरको घाटा लागेको छ ।

सरकारले निजी शिक्षक सेवा प्रदान गर्ने शिक्षा र प्रविधि क्षेत्रका कम्पनीहरुमाथि आफ्नो पकड कडा पार्न नयाँ कदम चालेको छ ।

किन आलोचना भयो ?

सरकारद्वारा संचालित आर्थिक सूचना दैनिकमा प्रकाशित एक लेख मा भनिएको छ कि बच्चा र किशोरहरुमा अनलाइन गेमिंगको लत लागेको छ जसले उनीहरुमा नकारात्मक प्रभाव पारिरहेको छ । यो समाचार आउटलेट आधिकारिक समाचार एजेन्सी सिन्ह्वा संग सम्बन्धित छ ।

टेनसेन्टको लोकप्रिय खेल राजाहरु को सम्मान को सन्दर्भमा यस लेखमा भनिएको छ कि विद्यार्थीहरु यो खेलमा दैनिक आठ घण्टा बिताईरहेका छन् ।

यस लेखमा यस्ता उद्योगमा नयाँ प्रतिबन्ध लगाउनको लागि माग समेत गरिएको छ ।

लेखमा उल्लेख छ, ‘अनलाईन खेललाई यसरी बढ्न दिनु हुँदैन कि यसले एक पुस्तालाई नै ध्वस्त बनादियोस् ।’ यो संगै, लेखमा यस्ता गेमलाई अफिम भनिएको छ ।

गेमिङ कम्पनीले के भने ?

यो रिपोर्ट सार्वजनिक भएसंगै चिनियाँ गेमिङ कम्पनी टेनसेन्टले खेलमा बच्चाहरुको बहुँच हटाउनको लागि ठोस् कदम उठाउनेछ । यसका अलवा सम्पुर्ण खेल प्रेमीमा लागु हुनेगरी नयाँ नियम बनाउदैछ ।

लेख सार्वजनिक भएसंगै टेनसेन्टको शेयर मूल्यमा पनि भारी गिरावट आएको थियो
चिनियाँ सरकारले केहि समययता देशका ठूला कम्पनीहरुमा आफ्नो पकड कडा बनाएको छ, जसको कारण टेनसेन्ट सहित धेरै कम्पनीहरु को शेयर मा गिरावट देखिएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here