एनसीसी बैंकले गर्यो भिसा क्रेडिट कार्डको सुरुवात

कामाडौं, ४ असार । एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा मंगलबारबाट एनसीसी भिसा क्रेडिट कार्डको सुरुवात गरेको छ ।

यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटीएम\पिवएस मेशिन मार्फत सामान वा सेवा लिन सकिने बैंकले जनाएको छ ।

इएमपीमा आधारित कार्ड, यात्राको लागि उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको बैंक प्रवक्ता बन्दना पाठकले बताईन् ।

एनसीसी भिसा क्रेडिट कार्डको शुभारम्भ अफरको रुपमा बैंकले असार महिना भरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

हाल बैंकको देशभर १२० वटा शाखा कार्यालय र ८१ वटा एटीएम मेशिनबाट सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here