जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २१ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विहिबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसंगै लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँ ९० पैसा बढेर १५०६ रुपेयाँ २० पैसा पुगेको छ ।

लघुवित्तको शेयर कारोबार गत बिहीबारबाट सुरु भएको थियो । लघुवित्तले पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा शुरु गरेको थियो । बजारमा यसको शेयर किन्नेको ओइरो लागेको छ भने बेच्ने शुन्य रहेका छन् । यो समाचार तयार पर्दा ६ लाख २३ हजार बढीले शेर माग गरेका छन् । बेच्ने भने देखिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here