काठमाडौं, २१ साउन । यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कारोबारमा आएको चौंथो दिन आज १ः५५ मिनेटसम्ममा कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेसंगै इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ४३ रुपैयाँ ८० पैसा बढेर ४८२ रुपैयाँ ९७ पैसा पुगेको छ ।
सोमबारबाट कारोबारमा आएको युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा सुरु भएको थियो