दोहोरो अंकले घट्यो नेप्से, ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २१ साउन । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १६ अंकले घटेर ३१०७.४५ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १४अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६४ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये २ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ११ वटाको परिसूचक घटेको छ । विकास बैंक समूह २.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स लिमिटेड, कणाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये तीन कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य एक कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

आज अपी माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ५८ करोड र अरुण भ्याली हाइड्रोपावर ४९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here