लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, सर्वाधिक कारोबार गर्ने अपर तामाकोशी

काठमाडौं, २१ साउन । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ ।

शेयर बजार मापक सूचक नेप्से १६ अंकले घटेर ३१०७.४५ विन्दुमा आइपुगेको हो ।

कारोबारको आधारमा माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । तामाकोशीको ६५ करोड ३० लाख ६१ हजार २९६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको हो।

कोरोबारको दोस्रो नम्बरमा अपी पावरको शेयर परेको छ । अपीको ५८ करोड ४२ लाख ४७ हजार ८५७ रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

अरुण भ्याली हाइड्रोपावर तेस्रो स्थानमा रहेको छ । अरुण हाइड्रो कम्पनीको ४९करोड १७ लाख ६० हजार ६०४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा फष्ट माइक्रोफाइनान्सको शेयर परेको छ । फष्ट माइक्रोफाइनान्सको ३१ करोड ७३ लाख ६१ हजार ३०१ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा अरुण कावेलीको शेयर परेको छ । अरुणको २८ करोड ६७ लाख ३४ हजार ३४६ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here