शनिबार एक घण्टाको लागि आरटीजीएस खुला रहने

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले शनिबार एक घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै विकास ऋणपत्र २००७९ ‘घ’को ब्याज भुक्तानी प्रयोगजनका लागि शनिबार बिहान १०ः३० देखि ११ः३० सम्म खुला रहने जनाएको हो ।

आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ । यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here