थप ३७२९ जनामा कोरोना पुष्टी, १८८५ जना संक्रमण मुक्त

काठमाडौं, २२ साउन । पछिल्लो २४ घण्टामा देशभर ३७२९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २४३० र ६१८२ एन्टिजेन परीक्षणमा १२९९ जना गरी ३७२९ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८८५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here