विदेश जाँदै हुनुहुन्छ ? अनलाईनबाटै मेनपावर कम्पनीको स्तर थाहा पाउनुस्

क्लाउडपत्रिका

काठमाडौं । बैदेशिक रोजगारमा कामदार पठाउने मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने वेबसाइट शुरु भएको छ । यो वेभसाइटले बैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्वन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्नेछ ।

यससँगै वैदेशिक रोजगारीमा गएका युवाहरुले दिएको जानकारी वा पृष्ठपोषणको आधारमा मेनपावर कम्पनीको रेटिङ शुरु भएको छ ।

अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ (आइटीयूसी)ले शुरु गरेको वेबसाइट डब्लुडब्ल्यु डट रिक्रुटमेण्टएडभाइजर डट ओआरजीले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने भएको हो ।

यो वेवसाइट नेपालसँगै ईण्डोनेशिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ शुरु भएको छ । यसमाहरेक मुलुकका लागि अलग्गै भाषामा पेजहरु रहेका छन् । यसको निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले आइटीयूसीसँग सहकार्य गरेको छ ।

आइटीयूसीको माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) परियोजनाकी व्यवस्थापक ईरा रच्मावतीका अनुसार यस वेबसाइटले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनीको छनौट गर्न मद्धत गर्नेछ ।

बैदेशिक रोजगारका क्रममा रहेकाहरु वा बैदेशिक रोजगारबाट फर्केकाहरुकै मूल्याङ्कनका आधारमा सम्वन्धित मेनपावर कम्पनीहरुको स्तर निर्धारण हुने भएको र सो जानकारीले बैदेशिक रोजगारमा जान चाहनेहरुलाई सही मेनपावर कम्पनी छनौट गर्न सहयोग गर्ने पनि उनले बताइन् ।

त्यसैले बैदेशिक रोजगारका लागि कुनै मेनपावर कम्पनीको सेवा लिइसकेकाहरुलाई आफ्नो अनुभवका आधारमा फर्म भरेर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।
नेपालमा हाल १ हजार भन्दा धेरै मेनपावर कम्पनीहरु छन् । ति सवै मेनपावर कम्पनीको नाम सहितको लिष्टवेबसाइटमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here