बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, हेलिकप्टरबाट नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौं, २३ साउन । बालाजु औद्योगिक क्षेत्रमा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

“आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तर, नियन्त्रणमा आइसकेको छैन । केही कम भने भएको प्रहरीले जनाएको छ ।

बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन ।

सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ ।

नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here