काठमाडौं, २४ साउन । यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज ११ः४५ मिनेट जादाँ इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेसंगै इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ४८.२० रुपैयाँ बढेर ५३०.९० रुपैयाँ पुगेको छ ।
सोमबारबाट कारोबारमा आएको युनियन लाइफको पहिलो कारोबार ३४२ रुपैयाँमा सुरु भएको थियो ।