आधुनिकता र प्रविधी भित्रिए जस्तै चेतना र शिक्षा पनि दिमाग भित्र भित्राउन पाए !

उत्सव ढकाल

केही बाहेक अधिकांश युट्युवर र टिकटक प्रयोग कर्ताले समाजमा अश्लिलता विकृती र अपराध फैलाउँदैछन् जुन नियन्त्रण बाहिर गएको महशुस हुँदैछ। हामी अहिले प्राविधिक युगमा बाचिरहेका छौ । अझ भनौ भने प्रविधी हाम्रो जिवनको अभिन्न अंग भै-रहेको छ । हामीलाई संसार हेर्न निस्किने फुर्सद पनि छैन ।

प्रविधी कै माध्यमबाट संसार चिहाइरहेका छौ । हामी मनोरञ्जन का लागि पनि आजकल प्रविधिकै उच्चतम प्रयोग गर्दै आइरहेका छौ । त्यहि मनोरञ्जनात्मक प्रविधी भित्र आजकल सबै भन्दा बढी प्रयोग टिकटक भएको सर्वबिधितै छ ।

हजुर हरुलाई के लाग्छ टिकटक मनोरञ्जन का लागि मात्र प्रयोग भएको छ ? पक्कै पनि छैन होला । यो आजकाल गित संगितको प्रमोशनदेखि लिएर आफ्ना कला प्रस्तुत अर्थात प्रदर्शन गर्ने माध्यम समेत बनेको देखिन्छ ।

युवा पुस्तामा टिकटक एकदमै बढी छाएको देखिन्छ । यसमा को कति चर्चित भन्ने कुरा यसमा आउने लाइक, कमेन्टले दर्साउछ भन्ने मानसिकता युवा-युवतिहरुमा रहेको प्रष्ट देख्न सकिन्छ ।

यसै क्रममा युवपुस्ताबीच ‘भाइरल’ भन्ने शब्द एकदमै नमजासँग उनिहरुको मगजमा टासिंएको पनि छ ।

यसले गर्दा युवा-युवतीहरु भाइरल हुनका लागि कुनै पनि क्रियाकलाप गर्न र जस्तो सुकै (अपाच्य) भिडियो बनाउन पछि पर्न खोजिरहेको देखिदैन । जसलाई आजकाल उनिहरु आधुनिकताको नामले आफ्ना क्रियाकलापलाई जनाउने गर्छन ।

हाम्रो देश नेपाल अनि हामी नेपाली पुर्वीय संस्कृती र सभ्यताले धनी छौ । हामी आफ्नै संस्कारमा रमाउन किन सकिरहेका छैनौ त ? पश्चिमी मुलुकहरु पुर्वीय सभ्यता र संस्कृतिप्रति लालायित हुँदा हामी किन पश्चिम संस्कृती अगाल्न तछाड-मछाड गरिरहेका छौ ? यसको मतलब पश्चिमि संस्कृति लाई पछ्याउँन हुँदै हुदैन भन्नू हैन पछ्छ्याउ तर समाजमा पाच्य हुने किसिमले मात्र ।

लाइक र भ्युजको लागी कती सम्म खुलेका छन् दिदी बहिनी, बिकृती भित्र बिकृती खोज्नुस् जे बिक्छ त्यही अनुरुप आफुलाई ढाल्न नखोज्नुहोस ।

अझ ठीकठीक भन्दै उकास्नेको भीड देख्दा पो रुन मन लाग्यो। हरेक कुरालाई यति नकारात्मक रूपले बुझ्नेलाई बच्चाहरुले के सिक्छन् भन्ने के को पिररु सिकाउने त आँफैले हो। एउटा घटनालाई लिने नै हो भने टिकटक बनाउन सहज वातावरण नभएको कारण सम्बन्ध विच्छेद भएका घटनाहरु आजकाल समाजमा छ्यापछ्यापति पाइने गरेका छन ।

कतिपय युवा-युवतीहरुलाई टिकटक को भाइरलको नसाले यति सम्म गालेको छ कि उनिहरुभाइरल हुनुनै सर्वथोक सोच्छन ।

जसले केही समय आनन्द त दिन सक्ला तर दिर्घ रुपमा आफैलाई सिध्याइरहेको हुन्छ। यो आफै आफै मा ख्याल गरौ प्रबिधिको सहि सदुपयोग गरौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here